बागी उम्मेदवारी दिएको भन्दै नेकपाद्वारा हरिबोल गजुरेलसहित सात नेता निष्काशन


काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिएका सात जना नेतामाथि कारबाही गरेको छ। पार्टीले हरिबोल गजुरेलसहित ती नेताहरूलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

शनिबार जारी विज्ञप्तिमा नेकपाले आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवार तोकिएका निर्वाचन क्षेत्रमा पार्टी निर्देशन अवज्ञा गर्दै उम्मेदवार बनेका, उनीहरूका प्रस्तावक, समर्थक तथा प्रचारकलाई पार्टी विधानअनुसार कारबाही गरिएको जनाएको छ।

विज्ञप्तिमा पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनात्मक कारबाहीस्वरूप उनीहरूलाई पार्टीबाट निष्काशन गरिएको उल्लेख छ। निष्काशनमा पर्ने नेताहरूमा हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।

प्रतिक्रिया