कांग्रेस सबैभन्दा उदार दल हो, जनताका लागि सतिसाल भएर उभिइरहनेछः कुन्दन काफ्ले


काठमाडौं — नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले देशभरका जनतालाई कांग्रेसमा मतदान गर्नका लागि आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् काफ्लेले नेपाली कांग्रेस सबैभन्दा अनुभवी र उदार दल भएको उल्लेख गर्दै मुलुकका लागि सतिसाल भएर उभिरहने जनाएका छन् ।

उनले भनेका छन्, ‘कहिँकतै छिप्दैन, लुक्दैन– कांग्रेस सबैभन्दा अनुभवी र उदार दल हो। आन्तरिक जीवनमा यसले धेरै आँधीबेहरी बेहोरेको छ। तर यो सतिसाल हो। डग्दैन। हल्लदैन। नुग्ने त कुरै भएन।’

उनले देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा रुख चिन्ह र चारतारा ध्वजवहाक लिएर आएका हाम्रा उम्मेदवारहरुलाई सघाउनका लागि अपिल गर्दै जनताका आकांक्षा, सपना र सुखदुखको यात्रामा सहभागी हुन हिजो पनि तयार थियो, आज पनि तयार छ र भोलि पनि तयार रहनेछ भन्ने जनाउँदै आगामी निर्वाचनमा सहभागी हुनज आह्वान गरेका छन् ।

प्रतिक्रिया