
डडेल्धुरामा कांग्रेसबाट नैनसिंह महरले दर्ता गराए उम्मेदवारी
डडेल्धुरा- नेपाली कांग्रेसबाट डडेल्धुरामा नैनसिंह महरले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले महरलाई उम्मेदवार बनाएको हो ।
कांग्रेस संसदीय बोर्डको बैठकले महरलाई डडेल्धुराको उम्मेदवार बनाउने निर्णय गरेअनुसार उनले उम्मेदवारी दर्ता गराएका हुन् । महर कांग्रेसभित्र देउवा पक्षका नेता मानिन्छन् । उनी यसअघि नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका छन् भने कांग्रेसका निवर्तमान केन्द्रीय सदस्यसमेत हुन् ।
२०४८ सालदेखि डडेल्धुरामा कांग्रेसको उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । यसपटक देउवाको स्थानमा महर मैदानमा उत्रिएका हुन् ।



कागजपत्र |
