
गोरखा–२ मा एमालेका चक्रे मिलनले गराए उम्मेदवारी दर्ता
पोखरा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङले औपचारिक रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
उनको उम्मेदवारी दर्ताका लागि प्रस्तावकमा प्रेम गुरुङ रहेका छन् भने समर्थकमा बाबुराम थापा छन् । उम्मेदवारी दर्ता गर्न उनी दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
गोरखा २ लाई निर्वाचनका समयमा निकै चासोका साथ हेरिने गरिन्छ ।



कागजपत्र |
