आरजु लड्ने भनिएको कैलाली-५ मा शाहले पाए टिकट


काठमाडौं-  नेपाली कांग्रेसले  आरजु राणा देउवाले चुनाव लड्ने चर्चा चलेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट  नरनारायण शाहलाई उम्मेदवार बनाएको छ।

कांग्रेस सभापति गगनकुमार थापाले शाहलाई कैलाली–५ को उम्मेदवार तोकेका हुन्। शाह नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्वसभापति हुन्।

कैलाली–५ मा पूर्वमन्त्री आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा व्यापक रहे पनि अन्तिम समयमा उनी टिकटबाट वञ्चित भइन्। उक्त क्षेत्रमा शाहसहित राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओड उम्मेदवारका रूपमा सिफारिस भएका थिए।

प्रतिक्रिया