
खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा
काठमाडौं — युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी रास्वपाको तर्फबाट सिराहा क्षेत्र नं. १ बाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् ।
आज सार्वजनिक बिदा भएका कारण उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाए पनि स्वीकृत भने भइसकेको छैन ।
उनले अब चुनावका लागि आफू होमिने बताए । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।



कागजपत्र |
