बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने


काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बन्ने भएका छन्।

आइतबार गोरखाका अगुवा नेताहरूसँग भएको छलफलपछि भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को तर्फबाट गोरखा–२ मा निर्वाचन लड्न सहमत भएका हुन्।

प्रलोपा जिल्ला इन्चार्ज यानप्रसाद भट्ट (सरोज)का अनुसार स्थानीय नेतृत्वसँगको परामर्शपछि भट्टराईको उम्मेदवारी टुंगिएको हो।

प्रतिक्रिया