
निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाँदै देउवा समूह
काठमाडौं– निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनको नाम दिइएको एउटा भेलालाई पार्टीको आधिकारिकता प्रदान गरेपछि उक्त निर्णयविरुद्ध कांग्रेस संस्थापन पक्ष सर्वोच्च जाने भएको हो ।
देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो ।
कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।



कागजपत्र |
