चक्रे मिलनले पाए गोरखा-२ बाट टिकट


काठमाडौं ( नेकपा एमालेले गोरखा–२ मा चक्रे मिलन (मिलन गुरुङ)लाई टिकट दिएको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए । उनका अनुसार गोरखा–१, मा भने पूर्वविद्यार्थी नेता आरसी लामिछानेलाई टिकट दिइएको छ ।

यसैबीच नेकपा एमालेले मुलुकका अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । केही क्षेत्रहरूका लागि उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीले नै पाएका छन् ।

प्रतिक्रिया