कांग्रेसभित्रको विवाद संवादबाटै समाधान हुन्छ : शेखर कोइराला


काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवाद संवादकै माध्यमबाट समाधान हुने विश्वास व्यक्त गरेका छन्।

शनिबार सानेपा जानुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस फेरि एकताबद्ध हुने बताए। उनले भने, “फेरि मिल्छ, मिलाउनुपर्छ। संवादबाट नै नेपाली कांग्रेसको विवाद समाधान हुन्छ।”

शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिएको थियो। आयोगको निर्णय आउनुअघि देउवा पक्षले सानेपामा पत्रकार सम्मेलन गर्दै आफ्नो पक्षमा निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको थियो।

आयोगको निर्णयपछि अब आगामी रणनीति तय गर्न विघटित केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको छ।

प्रतिक्रिया