कालीकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १ जना बेपत्ता


काठमाडौँ – कालिकोटको शुभकालिका गाउँपालिका –४ कुडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एकजना बेपत्ता छन्।

शुक्रबार अपराह्न हुल्मबाट शुभकालिका-४ जाँदै गरेको बोलेरो जीप सेरीपान्तडी भित्री सडकखण्डको कुडीबाट तिला नदीमा खसेको हो। जीप ५०० मिटर तल खसेको हो। जीप नम्बर पनि आधिकारिक रुपमा नभेटिए पनि स्थानीयले भे १ च २८९८ नम्वर भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनालगत्तै प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालयसहित विभिन्न प्रहरी पोष्ट तथा चौकीबाट खटिएको प्रहरी टोलीले तीन पुरुषको शव नदी किनारबाट निकालेका छन्। प्रहरीका अनुसार उनीहरूको सनाखत हुन बाँकी छ।

 

प्रतिक्रिया