
फागुन २१ मा चुनाव हुन्छ, कांग्रेसले बहुमत ल्याउँछ : कार्यवाहक सभापति खड्का
काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुटको अड्कलबाजीबीच फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय मितिमा नै हुने बताएका छन्।
शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले कांग्रेसको तयारी र पार्टी एकताको दाबी गर्दै भने, “चुनाव एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ, तर कांग्रेसले निश्चित रूपमा बहुमत ल्याउँछ।”
उनले पार्टी फुटेको भनाइ खण्डन गर्दै कांग्रेस अझै एउटै रहेको र शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध रहेको स्पष्ट पारे।
खड्काले चुनाव तयारीसँगै पार्टी एकता र समग्र राजनीतिक स्थिरता कायम रहेको बताउँदै मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे।



कागजपत्र |
