गगन पक्षले १३२७ को मात्र हस्ताक्षर बुझाएको आयोगको खुलासा

डा. शेखर भन्छन्, 'सिंगो कार्यसमिति यही छाैं, केही चोइटिएर गए होलान्'


काठमाडौं — नेपाली कांग्रेसका कार्यबहाक सभापति पूर्णबहादुर खड्कासहितका कांग्रेस नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोगले ५ वर्षका लागि निष्काशनमा परेका तत्कालिन महामन्त्री गगन थापासहितको टोलीले नयाँ कार्य समिति दाबी गर्दै बुझाएको नाम लिस्टबारे छलफलका लागि बोलाएपछि कार्यबहाक सभापति खड्कासहितको टोली निर्वाचन आयोग पुगेको हो ।

खड्कासहित नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरूङ, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना उपाध्याय, नेताहरू शशांक कोइराला, मिनेन्द्र रिजाल, रमेश लेखक, नैनसिंह महर, जितजंग बस्नेतलगायत छन् ।

आयोगमा पुगेपछि कार्यबहाक सभापति खड्काले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको प्रमाण आयोगलाई बुझाएका थिए ।

त्यसका साथै आयोगमा गगन पक्षले जम्मा १३२७ जनाको मात्रै हस्ताक्षर बुझाएको पनि निर्वाचन आयोगले खुलासा गरेको छ ।

खड्कासँगै आयोग पुगेका कांग्रेस बरिष्ठ नेता शेखर कोइरालाले सिंगो केन्द्रीय समिति अहिले निर्वाचन आयोग आएको बताउँदै आधिकारिक आफूहरू नै रहेको बताउँदै केही चोइटिएर गएको हुनसक्ने बताए ।

उक्त अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नहुने बताएका छन्।

सो क्रममा कार्यबहाक सभापति खड्काले तत्कालिन महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही समेत आयोगलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया