
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
मङ्गलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुलाई उपस्थित हुन निर्देशन गरिएको छ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे अग्रसरतामा आइतबारदेखि काठमाडाैँकाे भृकुटीमण्डपमा दाेस्राे विशेष महाधिवेशन जारी छ।



कागजपत्र |
