विशेष महाधिवेशन विवादबारे देउवा–शेखरबीच भेटवार्ता


काठमाडौं-  नेपाली कांग्रेसमा देखिएको विशेष महाधिवेशनसम्बन्धी विवादका बीच सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।

शनिबार बिहान देउवा निवास महाराजगन्जमा दुई नेताबीच भेटघाट भएको हो। डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको विषयमा छलफल केन्द्रित थियो।

महामन्त्रीद्वयले २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको दाबी गर्दै पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेका छन्। तर, उक्त विशेष महाधिवेशनको विपक्षमा पार्टीको संस्थापन पक्ष र डा. शेखर कोइरालाले नेतृत्व गरेको समूह रहेको छ।

विशेष महाधिवेशन रोक्ने वा कमजोर बनाउने रणनीतिबारे छलफल गर्न कोइरालाले सभापति देउवासँग भेट गरेको स्रोतको भनाइ छ। पार्टीभित्र देखिएको मतभेदबीच विशेष महाधिवेशनको विषय थप पेचिलो बन्दै गएको छ।

प्रतिक्रिया