कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक


काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । आज बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने गरी बैठक बोलाइएको हो ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुनको लागि अनुरोध गरिएको छ ।

संस्थापन इतर समूह विशेष महाधिवेशनको अन्तिम तयारीमा रहेको समयमा बोलाइएको आकस्मिक बैठकलाई अर्थपूर्ण मानिएको छ ।

609431193_24831836336491895_5758845820915306209_n

 

 

प्रतिक्रिया