
विदेश भ्रमण निम्तो अस्वीकार गरेको बताउँदै मन्त्री पुन साेध्छन्– विदेश घुमेर अर्थतन्त्र बन्छ ?
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्री भएदेखि नै विदेश भ्रमणका निम्तो आएको भए पनि ती सबै अस्वीकार गरेको बताएका छन्।
मन्त्री पुनका अनुसार मन्त्री भएपछि उनलाई हालसम्म तीनवटा विदेश भ्रमणका निम्तो आएको थियो, तर उनले कुनै पनि भ्रमणमा सहभागी नभएको बताए।
यसैबीच, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणका लागि मन्त्रीपरिषद्बाट स्वीकृति दिइएको छ। तर मन्त्री पुनले विदेश भ्रमणले अर्थतन्त्रमा सुधार ल्याउने कुरा सन्देहपूर्ण भएको प्रश्न उठाएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा मन्त्री पुनले लेखेका छन्, “लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गईनँ। अहिले पनि दुईवटा निमन्त्रणा आएछ। यसमा पनि जान्नँ। देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन। किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ?”
उनले विदेश भ्रमणभन्दा अर्थतन्त्र सुधारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।



कागजपत्र |
