
रहबर अन्सारीले त्यागे पार्टी
काठमाडौं- मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका छन्। उनले बिहीबार पार्टी केन्द्रलाई हुलाकमार्फत औपचारिक रूपमा राजीनामा बुझाउँदै पार्टी छाडेको जानकारी दिएका हुन्।
उनले केही समयअघि मधेस प्रदेश सभामा विद्रोह गरेका थिए। यस विद्रोहका कारण मधेसको जितेन्द्र सोनल सरकार ढलेको थियो। अन्सारीले बुधबार फेसबुकमा लामो हिन्दी सायरी राखेर पार्टी त्यागको संकेत गरेका थिए।
राजीनामामा उनले प्रचण्डको स्मरण गर्दै ‘साहस, इमान र जोखिम’ पार्टीले त्यागेको उल्लेख गरेका छन्। साथै उनले जनयुद्धका शहीद परिवार, अवसरवादी तथा वास्तविक शहीदहरूप्रति श्रद्धा व्यक्त गर्दै “म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। समाजवादी क्रान्ति जिन्दावाद भन्दै विदा लिन्छु” भनेका छन्।



कागजपत्र |
