कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ४ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको हो।

यसअघि कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभएको बताएको थियो। त्यसअघि विशेष पक्षधरले पत्रकार सम्मेलन गरे विशेष महाधिवेशन आह्वान गरेको थियो। महामन्त्रीद्वयले पनि वक्तव्यमार्फत विशेष महाधिवेशनको आह्वान गरेका छन्।

608158732_2397353097367406_1157449130160733681_n_8NeQevw7Wl-1767856527.jpg

प्रतिक्रिया