राष्ट्रिय सभा निर्वाचनः नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित


काठमाडौं — कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध भएका छन् ।

उनले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि निर्विरोध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएर राष्ट्रियसभा निर्वाचनमा होमिएका नेता थापा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री समेत हुन् । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

प्रतिक्रिया