सुनसरी-१ बाट चुनाव लड्ने हर्क साम्पाङको घोषणा


धरान – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत धरान समेटिएको निर्वाचन क्षेत्रबाटै प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी सार्वजनिक गरेका हुन्। ‘म सुनसरी क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु,’ उनले फेसबुकमा लेखेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर निर्वाचित भएका साम्पाङले केही समयअघि श्रम संस्कृति पार्टी स्थापना गरेका थिए। पार्टी गठनपछि उनी विभिन्न जिल्लामा राजनीतिक गतिविधि र जनसम्पर्कमा सक्रिय रहँदै आएका छन्।

 

प्रतिक्रिया