राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको निर्णय


काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचनमा सहकार्य गर्ने विषयमा औपचारिक निर्णय भइसकेको छ।

सत्ता साझेदार दलहरूबीच कांग्रेस र एमालेले समान रूपमा ७–७ सिट लिने, नेकपाले ३ सिट र जसपाले १ सिट पाउने सहमति भइसकेको छ। यद्यपि, उम्मेदवारको क्लस्टर मिलाउने काम भने अझै बाँकी रहेको बताइएको छ।

आज बसेको बैठकबाट उम्मेदवारको टुंगो लाग्न नसकेपछि नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। कार्यसम्पादन समितिको अर्को बैठक भोलि बिहान ९ बजे बस्ने गरी बोलाइएको छ।

प्रतिक्रिया