प्रचण्ड नयाँ दिल्ली प्रस्थान


काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन्। उनी आइतबार अपरान्ह छोरी गंगा दाहालसँगै नेपाल एयरलायन्सको विमानमार्फत भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन्।

प्रचण्ड नेपाली समाज भारतद्वारा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन गएका हुन्। सोमबार लाजपत भवन अडिटोरियम, लाजपत नगरमा हुने उक्त कार्यक्रममा प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश दिने जनाइएको छ। नेपाली समाज भारतका महासचिव आरबी खड़काले जानकारी दिए।

भारत प्रस्थानअघि प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पनि गरेका थिए। आइतबार बिहान ललितपुरको मानभवनस्थित व्यवसायी शारदा अधिकारीको घरमा भएको भेटवार्तामा दुबै नेताले समसामयिक राजनीतिक विषय र आगामी रणनीतिबारे छलफल गरेको उच्च स्रोतले जनाएको छ।

प्रतिक्रिया