
क्यानद्वारा सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। सार्वजनिक क्यालेन्डरअनुसार वर्षभर घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन हुनेछन्।
क्यालेन्डरमा २८ वटा घरेलु प्रतियोगिता समावेश गरिएका छन् भने ३२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली पुरुष तथा महिला टोलीको सहभागिता रहनेछ। सन् २०२६ नेपाल क्रिकेटका लागि महत्वपूर्ण रहने क्यानले जनाएको छ।
यस वर्ष नेपालले टी–२० विश्वकपमा सहभागिता जनाउनुका साथै महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिताको आयोजना पनि गर्नेछ, जसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ दिने अपेक्षा गरिएको छ।





कागजपत्र |
