भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो


काठमाडौं- झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ। काठमाडौं–भद्रपुर उडानको ९०१ नम्बरको उक्त विमान अवतरणका बेला ओभर रन भई रन–वे नजिकको घाँसे क्षेत्रमा पुगेको जनाइएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार विमान ग्राउन्डभन्दा केही बाहिर पुगेको हो र घटनाबारे थप विवरण संकलन भइरहेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेले अवतरणकै क्रममा विमान रन–वेबाट तल चिप्लिएको जानकारी दिए।

काठमाडौं विमानस्थलका प्रवक्ता रुन्जी शेर्पाका अनुसार विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरू सकुशल छन्। हाल यात्रुहरूलाई सुरक्षित रूपमा ओराल्ने प्रक्रिया जारी रहेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया