हवाई जहाजको अधिकतम भाडादर घट्यो, अब कुन रुटमा कति ?


काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फ लाग्दै आएको इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको छ । हवाई इन्धनको मूल्यमा कमी आएपछि क्यानले सरचार्ज समायोजन गर्दै आन्तरिक हवाई यात्रामा राहत दिएको हो ।

नेपाल आयल निगमले बुधबार हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएसँगै त्यसको प्रभाव शुक्रबारदेखि हवाई भाडामा देखिन थालेको छ । निगमको नयाँ मूल्यसूचीका आधारमा क्यानले इन्धन शुल्क पुनः निर्धारण गरेको हो, जसका कारण हवाई जहाजको अधिकतम भाडा दर समेत घटेको छ ।

प्राधिकरणका अनुसार अब ट्रंक रुट (मुख्य हवाई मार्ग) मा प्रतिमिनेट ६८ रुपैयाँ ०९ पैसा इन्धन शुल्क कायम गरिएको छ । यसअघि यो दर बढी थियो । यस्तै, दुर्गम क्षेत्रका उडानतर्फ प्रतिमिनेट ४८ रुपैयाँ ६४ पैसा इन्धन शुल्क निर्धारण गरिएको क्यानले जनाएको छ ।

 

Capture

प्रतिक्रिया