
रवि र बालेनका साथमा अब कुलमान पनि
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।
उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार कुलमानलाई रास्वपाको उपसभापति दिइने जनाइएको छ ।
उनीहरूबिच पटक–पटक संवाद हुँदै आएपनि सहमति हुन सकेको थिएन ।
यसअघि रवि र बालेनबिच पार्टी सभापतिमा रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने गरी सहमति भइसकेको थियो ।



कागजपत्र |
