
कांग्रेसले सोमबार समानुपातिक सूची आयोगमा बुझाउने
काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आइतबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।
उनका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सातै प्रदेशका केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग समानुपातिक सूचीबारे छलफल भइरहेको छ। छलफल अन्तिम चरणमा पुगेकाले सूची तयार गरी सोमबारसम्म निर्वाचन आयोगमा बुझाइने उनले बताए।
प्रवक्ता महतले समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना सांसद चयन हुने भएकाले सूची तयार पार्ने प्रक्रिया कांग्रेसका लागि महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरे।
यस क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा रास्वपाबाट प्रवेश गरेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति पनि टिप्पणी गरे। महतले बालेन शाह ‘दाग नलागेको व्यक्ति नभएको’ दाबी गर्दै राजनीतिक प्रतिस्पर्धा चर्किँदै गएको संकेत दिएका छन्।



कागजपत्र |
