मिश्र र रायमाझी नेकपाबाट समानुपातिकका लागि सिफारिस


काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौंले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ, समानुपातिक र राष्ट्रियसभा उम्मेदवारको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको पार्टीको जिल्ला कार्यदलको बैठकले युवा नेता तथा नेकपाका केन्द्रीय सदस्य दीपक कुमार मिश्र रसुन्दर रायमाझीलागयतका नाम समानुपातिक सांसद उम्मेदवारका रूपमा अगाडि बढाउने निर्णय गरेको हो । समानुपातिकतर्फ उनी मधेस समूहबाट सिफारिस भएका हुन् । बैठकले उनीसँगै अन्य नेताहरूलाई पनि प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको छ ।

त्यसै गरी रायमाझीको नाम सिफारिस नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ, समानुपातिक र राष्ट्रियसभा उम्मेदवारको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको पार्टीको जिल्ला कमिटीको बैठकले अनेरास्ववियु क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष सुन्दर रायमाझीको नाम समानुपातिक सांसद उम्मेदवारका रूपमा अगाडि बढाउने जानाएको छ ।

रायमाझी विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका रायमाझीलाई पार्टीभित्र सक्षम, अनुशासित तथा वैचारिक रूपमा सशक्त युवा नेताको रूपमा लिइन्छ। लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनले संगठन विस्तार, युवाको राजनीतिक सशक्तीकरण र वैचारिक प्रशिक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

समानुपातिकतर्फ उनी खस–आर्य समूहबाट सिफारिस परेका हुन । साथै, रायमाझी आर्थिक विश्लेषक पनि हुन् । आर्थिक तथा वित्तीय क्षेत्रमा उनको अनुभवले पार्टीको नीति र कार्यक्रमलाई अझ प्रभावकारी रूपमा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया