
आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै प्रधानमन्त्री कार्की
काठमाडौं – प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज छलफल हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो ।
त्यसैको निरन्तरता स्वरुप आज प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् । छलफलमा विशेष गरी घोषित निर्वाचन नै प्रमुख एजेन्डा बन्ने पनि जनाइएको छ ।
त्यसअघि सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार तिनै जना नेताहरूसँग गरेका थिए ।



कागजपत्र |
