
चितवन-३ बाट रेनु दाहाल सर्वसम्मत सिफारिस
चितवन – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।
सो पार्टीको क्षेत्रीय बैठक जगतपुरमा बसेर दाहाललाई प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत रूपमा सिफारिस गरेको हो। नेता सन्तोष पनेरुका अनुसार उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइनेछ।
भरतपुर महानगरपालिकामा एक वर्षे कार्यकाल बाँकी रहँदै रेनु दाहालले राजीनामा दिने तयारी गर्दै आगामी चुनावमा होमिने योजना बनाएकी छिन्।



कागजपत्र |
