बालेनसँगको छलफलपछि निस्किए रवि


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीको वार्ता सकिएको छ ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच करिब ३ घन्टा वार्ता भएको थियो । वार्ता सकिएपछि रास्वपा सभापति रवि लामिछाने बेननिवासबाट बाहिरिएका छन् ।

बालेनले पछिल्लो समय आगामी चुनावको परिप्रेक्ष्यमा रहेर छलफल गरिरहेका छन् । सोही क्रममा रविसँग पनि छलफल भएको जनाइएको छ ।

उनीहरूबीच भएको कुराकानीबारे विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया