वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज


काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणबापत हालै वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ। शुल्क खारेज भएसँगै साविककै दर कायम भएपछि वैदेशिक रोजगार व्यवसायीहरूले सरकारको निर्णयलाई स्वागतयोग्य बताएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्‍याएको थियो। यसअघि उक्त शुल्क ६ हजार ५ सय रुपैयाँ मात्र थियो। शुल्क वृद्धिको निर्णयविरुद्ध वैदेशिक रोजगार व्यवसायीहरूले विरोध जनाउँदै आएका थिए।

श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीले स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको जानकारी दिएका छन्। मन्त्रालयले ३४ प्रकारका स्वास्थ्य परीक्षण आवश्यक भएको जनाउँदै शुल्क बढाएको भए पनि त्यस्तो व्यवस्था आवश्यक नरहेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताएका छन्।

“सरकारले अनावश्यक रूपमा श्रमिकको खर्च बढाउने निर्णय गरेको थियो,” गुरुङले भने, “अहिले शुल्क खारेज गरी श्रमिकको हितमा निर्णय गर्नु प्रशंसनीय छ।”

प्रतिक्रिया