फेरि समातिए शेयर काराेबारी दीपेन्द्र अग्रवाल


काठमाडौं – सेयर कारोबारी दीपेन्द्र अग्रवाल धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंको चुनदेवीबाट उनलाई नियन्त्रणमा लिएको हो ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा भ्रामक सूचना सार्वजनिक गरी सेयरको मूल्य कृत्रिम रूपमा बढाएर उच्च मूल्यमा बिक्री गरेका थिए।

यस क्रममा उनले करिब ४९ लाख १९ हजार रुपैयाँ अवैध नाफा आर्जन गरेको देखिएको बोर्डले जनाएको छ।

प्रहरीका अनुसार अग्रवालमाथि झुटो कारोबार (फेक ट्रान्ज्याक्सन) र सेयरको मूल्य प्रभावित गर्ने कसूरमा अनुसन्धान अघि बढाइएको छ।

मोरङ घर भएका ४२ वर्षीय अग्रवाललाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

अग्रवाल यसअघि पनि साउन ५ गते यस्तै प्रकरणमा पक्राउ परेर छुटेका थिए।

 

प्रतिक्रिया