
ओलीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई शपथ ग्रहण गराएका हुन्।
यसैबीच, बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अध्यक्ष ओलीले आफैंले शपथ खुवाएका छन्।




कागजपत्र |
