एमालेकाे सचिवमा ओली प्यानलको क्लिन स्वीप


काठमाडौं– नेकपा (एमाले) को महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ। नौ जना सचिवमा निर्वाचित हुने व्यवस्थाअनुसार सबै पदमा ओली प्यानलका उम्मेदवारहरू विजयी भएका हुन्।

निर्वाचन आयोगका अनुसार सचिव पदमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गरेका छन्। उनले १ हजार ५४४ मत ल्याउँदै पहिलो स्थानमा रहँदै सचिवमा निर्वाचित भएका हुन्।

त्यसैगरी दोस्रो धेरै मतसहित पद्माकुमारी अर्याल सचिवमा निर्वाचित भएकी छन्। उनले १ हजार ५३० मत प्राप्त गरेकी छन्। तेस्रो स्थानमा छविलाल विश्वकर्मा रहेका छन्। उनले १ हजार ५०६ मत प्राप्त गरेका छन्।

अन्य विजयी सचिव उम्मेदवारहरूमा शेरधन राई (१,५०३), हिक्मत कुमार कार्की (१,३३७), खगराज अधिकारी (१,२३१), यामलाल कँडेल (१,१८५), राजन भट्टराई (१,१८१) र भानुभक्त ढकाल (१,१०८) रहेका छन्।

सचिव पदमा ओली प्यानलको क्लिन स्वीपसँगै एमालेको आगामी कार्यसमिति संरचनामा अध्यक्ष ओलीको प्रभाव थप मजबुत बनेको छ।

प्रतिक्रिया