
एमालेको प्रारम्भिक मतगणना सार्वजनिक, अध्यक्षमा ओली र उपाध्यक्षमा विष्णु पौडेल अगाडि
काठमाडाैं – नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्षतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत पाएका छन् ।
उनले १७३ मत पाउँदा पृथ्वीसुब्बा गुरुङले १७१, रामबहादुर थापाले १५३, गोकर्ण विष्टले १३२ र रघुजी पन्तले १२३ मत पाएका छन् ।
यस्तै बिन्दा पाण्डेले ९८, टंक कार्कीले ४३, गुरु बरालले १०९, अरुण नेपालले ३८, भीम आचार्यले २७, पशुराम मेघी गुरुङले ४७ मत पाएका छन् ।
त्यस्तै अध्यक्षमा केपी शर्मा ओली ईश्वर पोखरेल भन्दा दोब्बर मतले अगाडि रहेका छन् भने महासचिवमा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।



कागजपत्र |
