एमाले महाधिवेशन : साँझ ७ बजेबाट मतदान हुने


काठमाडौं-  नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम संशोधित गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंसिर २७–२९, २०८२ मा आयोजना हुने महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनका लागि समयतालिका परिमार्जन गरेको जनाएको छ।

संशोधित कार्यक्रम अनुसार मतदान मंगलबार साँझ ७ बजेदेखि बिहान १ बजेसम्म सञ्चालन हुनेछ। मतगणना, परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहण महाधिवेशन स्थलमै गरिनेछ।

निर्वाचन आयोगले आवश्यक परेमा कार्यक्रममा थप परिवर्तन वा समयतालिकामा हेरफेर गर्न सकिने जनाएको छ।

प्रतिक्रिया