आफ्नै निर्वाचन क्षेत्रमा मन्त्री ढकाललाई स्थानीयले देखाए कालो झण्डा


मोरङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई उनकै निर्वाचन क्षेत्रमा स्थानीयवासीले कालो झण्डा देखाएर विरोध जनाएका छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित मन्त्री ढकाललाई शुक्रबार कानेपोखरी गाउँपालिका–६ रमाइलोमा स्थानीय युवाले कालो झण्डा देखाएका हुन् ।

‘भ्रष्टचारी मन्त्री मूर्दावाद’, ‘एक अर्ब २४ करोडको हिसाब खोइ ?’ भन्दै केही युवाले प्रदर्शन गर्दै कालो झण्डा देखाएर प्रर्दशन गरेका थिए ।

मन्त्री ढकाल नेकपा एमाले ओली समूहको कानेपोखरी गाउँ कमिटीको सपथ ग्रहण समारोहमा सहभागी हुन कानेपोखरी पुगेका थिए ।

प्रतिक्रिया