
सन्दीपले राजशाही वारियर्सबाट बीपीएल खेल्ने
काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) को आगामी सिजनका लागि राजशाही वारियर्ससँग सम्झौता गरेका छन्। उनले यसअघि सन् २०१९ मा सिलेट सिक्सर्सबाट बीपीएल खेलिसकेका छन् ।
सन्दीपले यसअघि बीपीएल २०१८/१९ मा सिलेट सिक्सर्सबाट एक सिजन खेलेका थिए। उक्त सिजनमा उनले ६ खेलमा ४ विकेट लिएका थिए।
सन्दीपका लागि यो सिजन विशेष हुने भएको छ, किनभने उनले नेपाल प्रिमियर लिग (एनपीएल) मा एक-अर्काको कट्टर प्रतिद्वन्द्वीको रूपमा रहेका न्यूजिल्यान्डका जिमी नीशमसँग एउटै ड्रेसिङ रुम सेयर गर्ने अवसर पाएका छन् ।
सन्दीप एनपीएलमा विराटनगर किङ्ग्स को कप्तानी गर्दा, नीशम भने पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स जस्ता टिमबाट खेलेका थिए ।



कागजपत्र |
