राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस


काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ। आइतबार शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उक्त प्रतिवेदन औपचारिक रूपमा बुझाइएको हो।

प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेकी हुन्। कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको थियो।

प्रतिवेदनमा नेपालको समसामयिक सुरक्षा अवस्था, सीमा सुरक्षा, आन्तरिक शान्ति–सुव्यवस्था तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयहरू समेटिएको जनाइएको छ।

अन्तरिम सरकारले सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय सुरक्षा नीतिलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन सरकारको प्रयासको प्रशंसा गरेका छन्।

प्रतिक्रिया