दुम्सी मार्न गएका पुरुष प्वालमा अड्किएपछि…


काठमाडौं– सप्तरी, कन्चनरुप नगरपालिका–११ मा दुम्सी मार्न गएका एक पुरुष दिलीप रेग्मी (५०) जमिनमुनीको दुम्सीको प्वालमा फसेका थिए।

रेग्मी दुम्सीमा प्रवेश गर्ने क्रममा अड्किएका थिए र उनीसँगै गएका साथीहरूले तत्काल सूचना दिएका थिए। सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश भारदह र सितापुर, विपद् व्यवस्थापन तालिम प्राप्त टोली तथा नेपाल प्रहरीको संयुक्त टोलीले करिब ५ घण्टा प्रयासपछि, उनलाई जमिनमुनि करिब २० मिटर भित्रबाट सकुशल उद्धार गरेको छ।

उद्धारपछि उनलाई उपचारका लागि धर्मेश्वर अस्पताल, ठेलिया पठाइएको छ। सशस्त्र प्रहरीले उद्धार कार्य सफल भएको र थप सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया