सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको कमजोर लक्ष्य


काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा उपाधि उचाल्नका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको सहज लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको सुदूरपश्चिमले १९ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो ।

 

 

प्रतिक्रिया