
नवनियुक्त चार मन्त्रीले लिए शपथ
काठमाडौं- नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामले मन्त्रीको शपथ लिएका हुन्।
प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ।



कागजपत्र |
