
काठमाडौंको गेष्ट हाउसमा एक पुरुष मृत फेला
काठमाडौं- काठमाडौंको गेष्ट हाउसमा एक पुरुष मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–९ गौशालाको ओम सहारा गेष्ट हाउसमा रामेछाप दोरम्बा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



कागजपत्र |
