विराटनगरलाई अलआउट गर्दै लुम्बिनी फाइनलमा


काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित बन्दै विराटनगर किङ्सले यात्रा टुङ्ग्याएको छ । प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो ।

दोस्रो क्वालिफायरको विजेता लुम्बिनी भने फाइनमा प्रवेश गरेको छ । अब लुम्बिनीले उपाधिका लागि पहिलो क्वालिफायर जित्दै फाइनमा सिधै प्रवेश गरेको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३५ रनको पछ्याउँदै लुम्बिनीविरुद्ध विराटनगर जवाफी ब्याटिङ उत्रिएको थियो । १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै विराटनर ९४ रनमा समेटियो ।

प्रतिक्रिया