
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगरलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको हो । खेलमा ११ ओभरपछि लगालग विकेट गुमाएपछि लुम्बिनीले मध्यम लक्ष्य प्रस्तुत गर्ने अवस्थामा पुगेको हो ।
यो लक्ष्य पूरा गरे विराटनगरले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्न पाउनेछ ।



कागजपत्र |
