यस्तो रहनेछ आजको मौसम


काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सामान्यतः सफा रहने पूर्वानुमान गरिएको छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया