सरकारद्वारा जेनजीसँगको सम्झौता अनुमोदन, राजपत्रमा प्रकाशित गरिने


काठमाडौं- सरकारले जेनजी समूहसँग बुधबार भएको सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता स्वीकृत गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले दिएका छन्।

बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो। मन्त्रिपरिषद्को निर्णयपछि अब उक्त सम्झौता राजपत्रमा प्रकाशित गरिने पनि प्रवक्ता खरेलले जानकारी दिए।

उनका अनुसार सम्झौता कार्यान्वयनका लागि सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ अगाडि बढ्ने छ।

 

प्रतिक्रिया