कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा


काठमाडाैं-  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आगामी १५औं महाधिवेशनमा सभापति पदमा दाबी गर्ने संकेत सार्वजनिक रूपमा प्रष्ट पारेका छन्। महाधिवेशन नजिकिँदै जाँदा भण्डारीले बुधबार सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै आफ्नो आकांक्षा औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ त्यस्तै रूपले अघि बढ्न तयार छु।”

उनका अनुसार शुभेच्छुक तथा कार्यकर्ताको सुझाव, समयको माग र समग्र राजनीतिक वातावरणले नेतृत्वतिर उभिन प्रेरित गरेको छ। हालै कांग्रेसभित्र भावी नेतृत्वबारे बहस चिन्तन तीव्र भइरहेका बेला भण्डारीले आफू पनि प्रतिस्पर्धामा उभिन तयार रहेको सन्देश दिइरहेका छन्।

यसअघि कांग्रेसका महामन्त्री गगन थापाले भने सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया